Wednesday, February 5, 2025

पाउपाथीभरा मन्दिर परिषरमा श्रीमद्वाल्मीकीय रामायण नवाह ज्ञान महायज्ञ आयोजना हुने

Share

चन्द्र बस्नेत/ चैत२०८०कनकाई

झापा मेचीनगरको चाराआली स्थित पाउपाथीभरा मन्दिर परिषरमा श्रीमद्वाल्मीकीय रामायण नवाह ज्ञान महायज्ञ आयोजना हुने भएको छ ।

समाजमा धार्मिक सहिष्णुता कायम गर्दै मानवकल्याणल र शान्तिका लागि धार्मिक धामको सुदृढ व्यवस्थापन होस् भन्ने उध्येश्यका साथ रामनहमीको अवसर पारेर महायज्ञ आयोजना हुने भएको हो ।

पाउपाथीभरा उत्तरगङ्गा प्रवेशद्वार पर्यटन प्रवद्वन समितिको आयोजनामा हुने महायज्ञमा पाठ–पारयण, एवं भजन कृतन तथा झाँकी सहितको नवाह महायज्ञ आगामी चैत २७ गते देखि वैशाख ५ गते बुधबारसम्म गर्न लागिएको पुराण व्यवस्थापन समितिका संयोजक तिलक प्रसाद गिरीले जानकारी दिनुभयो ।

समाजमा धार्मिक सहिष्णुता कायम गर्दै मानवकल्याणल र शान्तिका लागि धार्मिक धामको सुदृढ व्यवस्थापन साथै संस्थालाई दीगो रुपमा सञ्चालन गर्दै पूर्वीय वैदिक सभ्यता र संस्कृतिको अध्ययन–अनुसन्धान गर्ने स्थलको रुपमा विकसित गर्ने लक्ष्य पुरा गर्न साथैविश्वशान्तिको कामना, राजनैतिक स्थायित्व र महामारी, विपति आईनपरोस भन्नका लागि महायज्ञको आयोजना गर्न लागिएको पुराण व्यवस्थापन समितिका संयोजक गिरीले जानकारी दिनुभयो ।

महायज्ञ सम्पन्न गर्न १ सय १ मुल आयोजक समिति गठन गरेको र विभिन्न १५ वटा उपसमिति निर्माण गरि तयारीलाई तिव्रता दिएको प्रचारप्रसार समितिका संयोजक यामनाथ बरालले जानकारी दिनुभयो ।हरेक वर्ष पाउपाथीभरा मन्दिर परिषरमा ज्ञान महायज्ञ आयोजना हुने गरेको यसकै निरन्तरता स्वरूप नवाह महायज्ञ आयोजना गर्नलागेको र यसको सम्पूर्ण तयारी पूरा भएको आर्थिक समितिका संयोजक प्रकाश बास्तोलाले जानकारी दिनुभयो ।

महायज्ञ सम्पन्न गर्न करिब १५ लाख रुपैयाँँ खर्च लाग्ने अनुमान गरिएको संयोजक बास्तोलाले बताउनुभयो ।२७ गते मंगलबार पर्सि उद्घाटन हुने महापुराण कथा प्रवचन दैनिक विहान ११ बजेदेखि ३ बजेसम्म, नित्य पूजा विहान ७ बजेदेखि १० बजेसम्म एवं रात्री जागरण साँझ ७ बजेदेखि ९ बजेसम्म सञ्चालन हुने र उक्त महायज्ञ सब्य अनि भब्य रुपमा सम्पन्न गर्न मुल आयोजक समिति सहित विभिन्न उपसमितिहरु यतिबेला लागिपरेछ्न।महायज्ञको कथा वाचन पं. शान्तिराम नेपाल र पाठ पारायण पं. गायत्री दाहालबाट हुने प्रचारप्रसार समितिका संयोजक बरालले जानकारी दिनुभयो ।महायज्ञ सम्पन्न गर्न आर्थिक एवं विभिन्न रुपले सक्रियभई सहयोग गर्न आम जनसमुदाय समक्ष पुराण व्यवस्थापन समितिका संयोजक गिरीले अपिल गर्नुभएको हो।

आगामी वैशाख ५ गते रामनहमीका दिन समापन हुने दिन सामुहिक वर्तमान तथा गुन्युचोली पनि हुने भएकाले यदि कसैको त्यस्तो चाहना भए सम्पर्क गर्न पनि पुराण व्यवस्थापन समितिका संयोजक गिरीले आग्रह गर्नुभयो ।

सम्वन्धित

अन्य समाचार