झापाको बाह्रदशी गाउँपालिका २ स्थित रिमाल चोकको एउटै टोलबाट एउटा मोटरसाइकल र पाँच वटा मोबाइल चोरी भएको छ । गएराति ध्रुव निरौलाको घरबाट मे ९ प ८१४ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल र एउटा मोबाइल चोरी भएको हो । निरौलाको घरमा पाहुना आएका पूजन मिश्रको मोटरसाइकल र मोबाइल चोरी भएको हो ।त्यस्तै निरौलाका छिमेकी गणेश पाण्डे र सविता बानियाको घरबाट दुई–दुई वटा मोबाइल चोरी भएको बाह्रदशी- ३ का जनप्रतिनिधि लक्ष्मी निरौला अधिकारीले बताइन् । उनका अनुसार घटनाबारे इलाका प्रहरी कार्यालय राजगढमा जानकारी गराइएको छ ।
![](https://sajhanewss.com/wp-content/uploads/2024/04/Messenger_creation_6daaea5f-64ea-432c-88d3-f18261096ccf-1-1024x1024.jpeg)
![](https://sajhanewss.com/wp-content/uploads/2024/03/Picsart_24-03-24_19-06-03-945-724x1024.jpg)