काँकडभिट्टास्थित मेची पुलबाट ब्राउन सुगर र नगदसहित एक युवती पक्राउ परेका छन् । मेचीनगर नगरपालिका- ६ स्थित पुरानो मेची पुलमा भारतको पानीट्याङ्कीबाट नेपालतर्फ सिटी सफारीमा चढेर आउँदै गरेकी सुनसरी जिल्ला रामधुनी नगरपालिका -७ की २४ वर्षीया कन्चन परियारलाई ब्राउन सुगर र नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।लागु औषध ब्युरो र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त टोलीले चेकजाँच गर्दा परियारको साथबाट १ लाख ३९ हजार नगद, ७ सय मिलिग्राम ब्राउन सुगर, सादा मोबाइल सेट र नागरिकताको प्रतिलिपि फेला पारेको थियो । उनलाई आवश्यक कारबाहीको इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जनाइएको छ ।

