१७ चैत २०८०
कनकाई।
कनकाई सुरुंगा प्रेस क्लवका अध्यक्ष एवम् कनकाई खबर अनलाइन पत्रिकाका सम्पादक रामप्रसाद निरौलालाई मातृशोक परेको छ ।
![](https://sajhanewss.com/wp-content/uploads/2024/03/20240330_170636-1024x576.jpg)
उहाँकी आमा हेमकला निरौलाको आज विहान साढे ९ बजेतिर कनकाई वडा नं. ७ स्थित निजी निवासमा ७० वर्षको उमेरमा निधन भएको हो ।
स्व. हेमकलाका पति टिकाराम निरौला, एक छोरा राम प्रसाद निरौला र सात जना छोरीहरु हुनुहुन्छ ।
![](https://sajhanewss.com/wp-content/uploads/2024/03/20240330_170814-1024x576.jpg)
स्व. हेमकलाको अहिले कनकाई घाटमा दाहसंस्कार भईरहेको कनकाई बिहानी क्लबका अध्यक्ष तथा प्रेस क्लबका सचीव मनोज बस्नेतले जानकारी दिनुभयो । स्व. हेमकला मेचीनगर प्रेस क्लवका अध्यक्ष डम्बर बरालको सासुआमा हुनुहुन्छ ।
![](https://sajhanewss.com/wp-content/uploads/2024/03/Picsart_24-03-24_19-06-03-945-724x1024.jpg)