Wednesday, March 12, 2025

कनकाई छठ सेवा समाजले मनायो होली पर्व, दुई जेष्ठ नागरिक सम्मानित

Share

फागुन शुक्ल पूर्णिमाका दिन मनाईने फागु पूर्णिमा अर्थात होली पर्व आइतबार हिमाली र पहाडी क्षेत्रमा धुमधामसँग मनाइएको छ ।

आफन्त, साथीभाइ मिलेर रङ, पानी खेलेर खुसी साट्ने होली पर्वको विशेषता हो। फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलो मात्र गरिँदैन, नाचगान पनि गरिन्छ ।यसै क्रममा हरेक वर्ष होली पर्वलाई धुमधामसँगले मनाउँदै आएको कनकाई छठ सेवा समाजले यस पटक समेत साझा पर्वका रुपमा होली मिलन कार्यक्रम सम्पन्न गरेकोछ ।

समाजका अध्यक्ष विजयकुमार शर्माको अध्यक्षता एवं कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको होली मिलन विशेष कार्यक्रम आफ्नै सामुदायिक भवनमा सम्पन्न गरेको हो \होली मिलन कार्यक्रमका अवसरमा छठ समाजले एकजना जेष्ठ माता र एक जेष्ठ पुरुषलाई विशेष सम्मान गरेको छ ।

यसरी सम्मानित हुनेहरुमा छठ समाजका निवर्तमान अध्यक्ष राजकिशोर चौधरीकी ममतामयी माता ७५ वर्षिय सुकनीदेवी चौधरी र ६० वर्षिय मन्नु कारक रहेका छन् । सम्मानित दुवैजनालाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल साथै उपप्रमुख आशा विकोटी , कनकाई वडा नं.३ का वडाअध्यक्ष युवराज चम्लागाईँ लगायतले सम्मान पत्र, दोसल्ला र अविर लगाइदिएर सम्मान गरेका हुन ।्हिन्दू धार्मिक कथनअनुसार युवावस्थाका कृष्णले एक दिन झुक्याएर राधाको मुहारमा रङ दलिदिएछन् ।

रङ लगाउँदा भागदौड भएछ । यो गतिविधि सबैले रमाइलो मान्न थालेर होली पर्व मनाउन थालिएको किंवदन्ती छ । अर्को जनश्रुति विष्णुका भक्त प्रह्लादसँग पनि जोडिएको छ । सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होलीपर्व मनाइने गरिएको मानिन्छ ।होली पर्वका अवसरमा उपत्यकासहित पहाडी र हिमाली क्षेत्रका ५६ जिल्लामा सरकारले आइतबार सार्वजनिक विदा दिएको छ ।

तराईका २१ जिल्लाहरू झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा भने सोमबार मात्रै होली पर्व मनाइन्छ । ती जिल्लामा सोमबार बिदा दिइएको छ ।

कार्यक्रम संयोजक समाजकी कोषाध्यक्ष पुष्पा पण्डीतले सहभागीहरुलाई स्वागत गरेको कार्यक्रममा संस्थापक अध्यक्ष उपेन्द्र प्रधानले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै होली पर्वको महत्वका बारेमा जानकारी दिएका थिए । विभिन्न साँस्कृतिक प्रस्तुती समेत रहेको कार्यक्रमको संचालन महासचिव रविन्द्र गुप्ताले गरेका थिए । राम निराैला

सम्वन्धित

अन्य समाचार