१२ फागुन२०८० कनकाई
। झापाको कनकाई नगरपालिका–३ स्थित पशुपति अंग्रेजी माध्यमिक विद्यालयले विविध कार्यक्रमका साथ ४१ औं वार्षिकोत्सव मनाएको छ ।
आज विद्यालय परिसरमा विविध कार्यक्रमका साथ विद्यालयले आफ्नो ४१ औं वार्षिकोत्सव मनाएको हो । विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पुण्यप्रसाद उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भूतपूर्व विद्यार्थी एवम् नेपाल डेन्टल एसोसिएसन झापाका अध्यक्ष डा.मुकेश शाह रहनुभएको थियो ।

प्रमुख अतिथि शाहले विद्यालयले प्रदान गरेको गुणस्तरीय शिक्षाका कारण आफू यो स्थानमा पुगेको बताउनुभयो । उहाँले शिक्षित युवाहरुले स्वदेशमै काम गरेर सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विशिष्ठ अतिथि राधिका दासी फाउण्डेशनका अध्यक्ष मञ्जरी राधिका दासीले विद्यालय, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्ध भएमा विद्यार्थीले गुणस्तरीय शिक्षा लिन सहज हुने बताउनुभयो । उहाँले अभिभावकहरुले बालबालिकालाई अरुसँग तुलना गर्नु नहुने बताउँदै हरेक विद्यार्थीमा केही न केही क्षमता हुने र समय आएपछि मात्र देखिने उल्लेख गर्नुभयो ।

विद्यालयका प्रिन्सिपल एवम् व्याब्सनका केन्द्रीय सदस्य एलपी उप्रेतीले अभिभाकव, विद्यार्थी लगायतको सहयोगबाट विद्यालय सफल बनेको बताउनुभयो । कार्यक्रममा प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोले गुणस्तरीय शिक्षा प्रदान गर्न निजी क्षेत्रको भूमिका उल्लेख्य रहेको बताउनुभयो ।

कार्यक्रममा विशिष्ठ अतिथि प्याब्सन कोशी प्रदेश सचिव कोषराज प्याकुरेल, प्याब्सन झापा अध्यक्ष गौरीमान फागो, उद्योग बाणिज्य महासंघ कोशी प्रदेश उपाध्यक्ष कुमारमणि पोखरेल, लायन्स क्लब डिस्ट्रिक ३२५ का क्याबिनेट सेक्रेटरी लीलाप्रसाद चिमरिया,रोटरी क्लब अफ कनकाईका अध्यक्ष शिवकुमार कडेल, विद्यालयका संस्थापक गोमादेवी उप्रेती लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा विद्यालयमा लामो समयसम्म शिक्षण सेवा गर्नुभएका जीवनाथ सुवेदी, सूर्यप्रसाद सुवेदी, अनिता गजमेर रसाइली, लेखनाथ भट्टराई, मन्दिरा बाँस्तोला ढकाल, पारमणि खरेल, सन्तोष लामा, सुमित्रा पुलामी मगर, दुर्गाप्रसाद दवाडी र विद्या थापा कार्कीलाई सम्मान गरिएको विद्यालयका कोअर्डिनेटर टंक तिमल्सिनाले जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य, नाटक लगायतका प्रस्तुत गरेका थिए भने अभिभावकहरुले पनि विविध प्रस्तुती दिएका थिए । विद्यालयका शिक्षक खगेन्द्र खनाल स्वागत गर्नुभएको औपचारिक कार्यक्रमको सञ्चालन शिक्षिका यदुका उप्रेती, रिसबसिंह चाहर र सांस्कृतिक कार्यक्रमको सञ्चालन भने विद्यार्थीहरुले गरेका थिए ।