Friday, February 7, 2025

काठमाडौंको सितापाइलामा एकै परिवारका ४ जना मृत फेला।।

Share

९ फागुन, २०८०
कनकाई । काठमाडौंको सितापाइलामा एकै परिवारका ४ जना मृत फेला परेका छ्न।आज बिहान मृत फेला परेकी महिलाका श्रीमान पनि झुण्डिएको अवस्थामा मृत फेला परेका हुन।

मृत फेला पर्नेमा सोलुखुम्बुका रामप्रसाद सुनार रहेको काठमाडौं प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिनुभयो ।
उहाँका श्रीमती र दुई छोरीहरु कोठाभित्रै मृत फेला परेका थिए । रामप्रसादको शव भने घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा फेला परेको हो ।घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
बुधबार आज बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूस्थित एक घरको डेरामा बस्ने एकै परिवारका तीन जना मृत फेला परेका थिए ।

उनीहरूको घरेलु हतियार प्रहार गरी हत्या गरेको प्रहरीको आशंका छ।

अहिले प्रहरी वृत्त स्वयम्भू, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको छ।

सम्वन्धित

अन्य समाचार