कनकाई। पूर्व-पश्चिम राजमार्ग अन्तरगत झापाको कनकाई पुलमा यात्रुवाहक बस र मालवाहक ट्रक एक आपसमा ठोक्किएको छ । दुर्घटनामा परी बसमा सवार केही यात्रु घाइते भएका छन् । उनीहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ५८५६ नम्बर बस र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना २ ख ३७२१ नम्बरको ट्रक एक आपसमा ठोक्किएको थियो । दुर्घटनामा हुँदा दुवै सवारीसाधनको अगाडिको भाग क्षतिग्रस्त बनेको छ । दुर्घटना कारण कनकाई पुलमा ट्राफिक जाम भएको छ । प्रहरीले जाम हटाउने काम गरिरहेको जनाइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।
![](https://sajhanewss.com/wp-content/uploads/2024/02/20240218_164320-1024x576.jpg)
![](https://sajhanewss.com/wp-content/uploads/2024/02/received_1089678745517542-1-768x1024.jpeg)
![](https://sajhanewss.com/wp-content/uploads/2024/02/20240218_164948-1024x576.jpg)