Saturday, November 9, 2024

अर्जुनधारा ५ मा रहेको देवभूमि अंग्रेजी विद्यापिठमा पढाई सगै अतिरिक्त क्रियाकलापमा अब्बल

Share


•सन्जु शिवाकोटी ४ फागुन २०८० कनकाई
झापाको अर्जुनधारा नगरपालिका वडा नं. ५ मा रहेको देवभूमि अंग्रेजी विद्यापिठ विद्यालय, आफ्ना विद्यार्थीको पढाईसँगै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै अब्बल मानिन्छ । विद्यार्थीको रुची, क्षमता र आवश्यकतालाई मध्यनजर गर्दै विगत धेरैवर्ष अगाडिदेखि विद्यालयले संगीत, उद्घोषण, मार्सल आर्ट ,नृत्य ,चित्रकला ,नाटक, खेलकुद लगायतका कक्षाहरु पनि संचालन गरिरहेको जनाइएको छ ।


सोही विद्यालयले केही दिन पहिले आयोजना गरेको १७औं वार्षिकोत्सव समारोहमा सम्मान गरिएका पात्रहरुको योगदान उल्लेखनीय रहेको पाइएको छ । सयौं अभिभावक, समाजसेवी ,बुद्धिजीवि, राजनितिक दलका नेताहरु र समाजका अग्रणी व्यक्तित्वको उपस्थितिमा विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम गरेका थिए । सोही अवसरमा विभिन्न संघ–संस्था र व्यक्तिलाई पनि सम्मान गरिएको थियो ।
विद्यालयले वार्षिकोत्सवका अवसरमा समाजले नदेखेका तर समाजमा केहीँ योगदान गरेका व्यतित्वलाई सम्मान गर्दै आएको बताइन्छ । तर,यसपटक अलि फरक शिक्षा क्षेत्रमा नै योगदान पुर्याएका व्यक्तिलाई सम्मान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन शर्मा जमकट्टेलको भनाई छ।


सम्मानितको सूचिमा थिए बिर्तामोड ४ का ज्ञानेन्द्रप्रकाश ओली । बिर्तामोडमा सञ्चालित निलकण्ठ डाइग्नोष्टिक क्लिनिकका संस्थापक ओली उमेरले ७० काटेका छन् । उनले परिवारको सल्लाहमा तीन वर्ष अघिदेखि देवभूमिमा दुईजना बालबालिकाको अभिभावकत्व लिएर शिक्षण शुल्क तिर्दै आएका छन् ।
वि.सं २०१० सालमा तेहूथुममा जन्मिएका ओलीले करिव ६ वर्ष शिक्षण पेशामा आवद्ध रहेको तथा २०३६ सालदेखि २०५८ सालसम्म नेपाल बैंक लिमिटेडमा काम गरेको स्मरण गर्छन् । यिनै ओली र उनकी पत्नीले आफ्नै खर्चमा आफ्नै सन्तानलाई जस्तै गरेर शिक्षा पाउने बालबालिकाको नैसर्गिक अधिकारबाट बञ्चित हुन नपरोस भन्ने ध्येयले दुईजना बालबालिकालाई भर्ना गरिएको छ।


देवभूमि अंग्रेजी विद्यापिठका प्रिन्सिपल सन्तोष पौडेलका अनुसार ओली दम्पत्ती समय समयमा विद्यालयलमा आउने, परिवेश बुझुने, सुझावहरु दिने र आफ्नै लगानीमा पढाउँदै गरेका बालबालिकाको शिक्षाको अवस्थाबारे बुझ्ने गरेको बताउँछन् । ओली दम्पतीको यो कार्यले ती बच्चासहित अन्य विद्यार्थी एवम् अभिभावकमा पनि फरक छाप परिरहेकोले विद्यालयले उनीहरुको कार्य प्रशंसायोग्य ठहर गर्दै अभिनन्दन गरेको प्रिन्सिपल पौडेलको भनाई छ ।
ओली दम्पतीको यस्तो कार्य प्रशंसायोग्य र सम्माना योग्य त छँदैछ, यो सत्कर्मले यस्ता कार्यका लागि समाजका अन्य व्यक्तिलाई पनि प्रेरणा मिल्ने गरेको भन्दै सम्मान अर्पण गरिएको थियो ।
त्यसैगरी विद्यालयमा आँखा स्वास्थ्य शिविर संचालन गरेर धेरैको आँखा परीक्षण गरिदिने बिर्तामोड आँखा अस्पताललाई पनि देवभूमिले सम्मान गरेको थियो । सो अस्पतालले नर्सरीदेखि कक्षा १० सम्मका सबै विद्यार्थीको निःशुल्क आँखा परीक्षण सेवा प्रदान गरेको थियो ।
विद्यालयले सम्मान गरेको सूचिमा बिर्तामोडको इकोम कलेज पनि थियो । केही समय अगाडि विद्यालयमा आयोजित खाद्य महोत्सवमा इकोम कलेजले २० विद्यार्थीलाई २ दिने पाककला सम्बन्धी तालिम प्रदान गरेको थियो । त्यहाँबाट विद्यार्थीले पकाउने कला सिकेका थिए ।त्यही सहयोगलाई आत्मसाथ गर्दै विद्यालयले इकोम कलेजलाई सम्मान गरेको थियो ।
सन्तानको सफलतामा खुसीको हकदार आमाबुवा हुन्छन् तर त्यो भन्दा कम शिक्षक र विद्यालय पनि हुँदैनन् । त्यसैले विद्यार्थीको सफलतामा उत्तरोत्तर प्रगतिको कामना गर्दे उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई अझै हौसला प्रदान गर्न उद्देश्यले विद्यालयले केही उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको थियो ।
२०७८ सालको एसईई परीक्षमा अर्जुनधारा नगरपालिका भरबाट उत्कृष्ट नतिजा ल्याउन अर्चनबाबु गौतम सफल भएका थिए । त्यसैगरी गतवर्ष २०७९ को एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल भएका पुजन भट्ट र आनन्द पौड्याल पनि विद्यालयको नजरमा परे र सम्मानित भएका थिए ।
अर्को प्रतिभा रिचा श्रेष्ठ, २०७९ मा राष्ट्रपति रनिङ शिल्डमा उसु विधामा (नान छ्वान) छात्रातर्फ अर्जुनधारा नगरबाट प्रथम भई जिल्लाका लागि छनोट भएकी थिइन्, उनै रिचाले जिल्लामा समेत प्रथम स्थान हासिल गरेकी थिइन् । उनलाई पनि विद्यालयले सम्मान गरेको थियो ।

कुनैपनि मानिसले गर्दै गरेको कार्य र समाजलाई पुर्याएको योगदानको कदर गर्दे सम्मान गर्ने गरिन्छ । सम्ममानित हुने व्यक्तिलाई हौसला र कार्यप्रति अझै जिम्मेवार बनाउँछ । र अन्यलाई पनि समाजमा राम्रा कार्य तथा समाजप्रति दायित्वबोधको भावना जागृत गराउने प्रधानाध्यापक सन्तोष पौडेलेको विश्वास छ।

सम्वन्धित

अन्य समाचार