Saturday, January 18, 2025

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२को एसिस्टेन्ट गर्भनरको जिम्मेवारीमा पोखरेल

Share

राम निरौला \ रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को रोटरी क्लव वर्ष (सन् २०२४\०२५) को एसिस्टेन्ट गर्भनरमा रोटरी क्लव अफ सुरुङ्गाका पुर्व अध्यक्ष रोटरीयन कुमारमणि पोखरेल चयन भएका छन् ।

अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त सामाजिक संस्था रोटरीको विधानअनुसार केही क्लवहरुको वर्षभरीको गतिविधि हेर्नेगरी पोखरेल एसिस्टेन्ट गर्भनरमा चयन भएका हुन् । पोखरेलले हेर्नु पर्ने क्षेत्रको बारेमा चाँडै सर्कुलर आउँने बताइएको छ । वर्ष २०२४\०२५ को डिस्ट्रिक गर्भनरको जिम्मेवारीमा भने राजेन्द्रमान शेरचन रहेका छन् । रोटरीको यो वर्षको नारालाई सार्थक तुल्याउन आफ्नो ठाँउबाट सकेको काम गर्ने पोखरेलले जनाएका छन् ।

रोटरी क्लव अफ सुरुङ्गाको वर्ष (२०१९ \ २०) को नेतृत्व सफलतापुर्वक सम्हालिसकेका पोखरेलले सुरुङ्गा जेसीज, कनकाई उद्योग वाणिज्य संघ, नेपाल हर्ट फाउण्डेशन झापा, पृथ्वी सहकारी संस्था लगायतको नेतृत्व सम्हालिसकेका छन् । हाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको उपाध्यक्षको जिम्मेवारीमा रहेका एक कुशल नेतृत्व पोखरेल यस क्षेत्रका वौद्धिक एवं सामाजिक व्यक्तित्वका रुपमा परिचित छन् । डिस्ट्रिक ३२९२ अन्तर्गत भुटानका एक सहित देशभरि १५४ वटा रोटरी क्लवहरु रहेका छन् ।

यस अघि रोटरी वर्ष २०२३\०२४ को एसिस्टेन्ट गर्भनरको जिम्मेवारीमा दमकका रोटरीयन सन्दिप चापागाई (दिपु ) रहेका थिए । झापाको मेचीनगर, काकड्िभट्टा, कनकाईको रोटरी क्लव अफ सुरुङ्गा र रोटरी क्लव अफ बिर्तामोड मिडटाउनलाई हेर्ने जिम्मेवारी उनले पाएका थिए ।

सम्वन्धित

अन्य समाचार