फिदिम, माघ २७ गते । पाँचथरको फिदिम नगरपालिका जिन्सी शाखाका प्रमुख हाङनारायण हाङ्सारुम्बाको निधन भएको छ । फिदिम वडा ४ निवासी हाङ्सारुम्बाको ५५ वर्षको उमेरमा शनिबार बिहान निधन भएको हो ।
हाङ्सारुम्बा शुक्रबार समेत कार्यालयमा हाजिर हुनुहुन्थ्यो । अचानक साँझपख नाक र मुखबाट रगत बगेपछि उहाँलाई झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो । उपचारको क्रममा उहाँको आज बिहान निधन भएको हो ।
उहाँमा उच्च रतmचापको समस्या रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । उहाँको निधनले नगरपालिका परिवार स्तब्ध भएको नगर प्रमुख मित्रप्रसाद काफ्लेले बताउनुभयो । गोरखा पत्रमबाट