Friday, October 18, 2024

काठमाडौंमा कुरान वाचन प्रतियोगिता शुरु

Share

काठमाडौंमा कुरान वाचन प्रतियोगिता शुरु भएको छ ।शनिवारबाट मुस्लिम आयोगले देशभरका मुस्लिम विद्यार्थीहरुका लागि प्रतियोगिताको आयोजना गरेको हो ।

यस अवसरमा प्रतियोगीहरुले कुरान वाचन गरेर सुनाएका थिए ।कार्यक्रमको शुभारम्भ गर्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले पहिलो चरणमा पुरुष विद्यार्थीहरुको प्रतिष्पर्धा रहेको र जसमा ४७ प्रतिष्पर्धीले सहभागिता जनाउने बताउनु भयो ।

आज चौथो टोलीको प्रतियोगिता शुरु भएको छ ।प्रतियागितामा सय जना मुस्लिम महिलाले दर्खास्त दिएकोमा उमेरका कारण ७७ महिला मात्र छनोट भएको बताउनु भयो ।

उहाँले यस्ता कार्यक्रमहरुमा सरकारको सहयोगको आवश्यकता रहेको औंल्याउनु भयो ।उहाँले अभिभावकहरुले आफ्ना बालबालिकासँगै बसेर प्रतिष्पर्धा हेर्न सक्ने बताउनु भयो ।

सम्वन्धित

अन्य समाचार