२६ माघ २०८० कनकाई, चन्द्र बस्नेत
पछिल्लो समय नेपालमा लागु औषधको प्रयोग , साईबर अपराधका घटना बढ्दै गएको छ। यसको नियन्त्रणमा विभिन्न कार्यक्रम पनि हुने गरेका छ्न।
![](https://sajhanewss.com/wp-content/uploads/2024/02/IMG-20240208-WA0026-1024x1024.jpg)
यस्तै कार्यक्रम अन्तर्गत झापाको कनकाई ५ स्थित बेनुबाजा अंग्रेजी माध्यमिक विद्यालयमा आज बिहीवार एक दिवसिय लागुऔषध दुर्व्यसन , साईबर क्राईम, ट्राफिक नियम सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।समाज रुपान्तरणको मुख्य भुमिकामा रहेका युवावर्ग लागूपदार्थ दुर्व्यसनको शिकार बनिरहेको बेला यसको न्युनिकरण गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालय स्तरबाट सचेतना मुलक कार्यक्रम गरेको हो ।
![](https://sajhanewss.com/wp-content/uploads/2024/02/IMG-20240208-WA0023-1024x1024.jpg)
कनकाई ५ स्थित बेनुबाजा अंग्रेजी माध्यमिक विद्यालयमा कक्षा ७,८ , ९ र १० मा अध्ययनरत करिब एक सय जना भन्दा धेरै विद्यार्थीहरुको सहभागी कार्यक्रममा लागू औषध दुर्व्यसन के हो ? यसवाट स्वास्थ्यमा र समाजका कस्तो असर पर्छ , दुर्व्यसनमा परि सकेपछिको अवस्था कस्तो हुन्छ ? त्यस्तै साईबर क्राईम, ट्राफिक नियम सम्बन्धी जनचेतनामुलक कार्यक्रम जस्ता विषयमा बिद्यार्थीहरुमा ईलाका प्रहरी कार्यलय सुरुङ्गाका बरिस्ठ प्रहरी नायव निरिक्षक प्रविन कुमार भट्टराईले प्रशिक्षण दिनु भएको विद्यालयका प्रशासनले जनाएको छ।
![](https://sajhanewss.com/wp-content/uploads/2024/02/IMG-20240208-WA0016-1024x1024.jpg)
भोलिका दिनमा देश र समाजको नेतृत्व गर्ने जनशक्ति आजका बिद्यार्थीहरुनै भएकोले यस प्रशिक्षणबाट पाएको ज्ञानलाई ब्यवहारमा उतारेर नेतृत्वदायी भुमिकामा सफल नागरिक बन्न सक्नुहोस भनी सहभागी शिक्षकहरुले विध्यार्थीहरुलाई शुभकामना समेत दिनुभएको थियोे ।पछिल्लो समय लागु औषध , दुर्व्यसनीले देशमै विकराल रुप लिईरहेको अबस्थामा यसको न्युुनिकरणका लागि बिद्यालय स्तरमा यस किसीमको कार्यक्रम ल्याएकोमा धन्यवाद दिदै सहभागी शिक्षकहरुले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियोे ।
यसैक्रममा कनकाई नगरपालिका ५ स्थित बेनुबाजा अंग्रेजी माध्यमिक विद्यालयमा एकदिवशीय लागुऔषध र साईबर क्राईम सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रममा बेनुबाजा अंग्रेजी माविका पिन्सिपल तथा कनकाई नगर ब्यासनका अध्यक्ष बिनोद सुब्बा लगायातको आतिथ्यता रहेको थियो ।
![](https://sajhanewss.com/wp-content/uploads/2024/02/IMG-20240208-WA0009-1024x1024.jpg)
यस अघिपनि इलाका प्रहरी कार्यालय सुरुङ्गाले कनकाईका अन्य विद्यालयहरुमा समेत यसप्रकारका प्रशिक्षणहरु निरन्तर सन्चालन गर्दै आएको सुरुङ्गाका बरिस्ठ प्रहरी नायव निरिक्षक भट्टराईले जानकारी दिनुभयो ।
![](https://sajhanewss.com/wp-content/uploads/2024/02/IMG-20240208-WA0003-1024x1024.jpg)