
झापामा डम्बरु निरौलाको यौनजन्य क्रियाकलापको भिडियोले निम्ताएको तरंग साम्य हुन नपाउँदै फेरि अर्काे पालिकाको प्रमुख प्रशासकीय अधिकृतको यौनजन्य गतिविधिले सामाजिक सञ्जाल तातेको छ ।
इलामस्थित माईजोगमाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र त्यहीँको अर्की महिला कर्मचारीबीचको यौनजन्य गतिविधि समेटिएको भिडियो अहिले सामाजिक सञ्जालमा छरपष्ट भएको हो । उनीहरुबीच कार्यकक्षमै यौनजन्य अश्लिल हर्कत गरेको भिडियोमा देख्न सकिन्छ ।
सामाजिक सञ्जालमा भेटिएको भिडियोमा लेखा अधिकृत आफ्नो कार्यकक्षमा पस्दै गर्दा अंकमाल गर्दछन् । महिला अधिकृत आफ्नो कुर्सीमा बसिसकेपछि कार्यालय प्रमुखले उनको स्तनमा हात पुर्याएको देखिन्छ । पछि ती महिला कर्मचारीले कार्यालय प्रमुखको हातमा मसाज गरेको भिडियोमा देख्न पाइन्छ ।

भिडियो अहिले सार्वजनिक भए पनि यो घटना केही महिना अगाडिको भएको त्यहाँका कर्मचारीले नाम नबताउने शर्तमा साझान्युजलाइ बताएका छन् । यो घटना पछि सो गाउँपालिकाको कार्यालय भित्र आगलागि भएको बताइएको छ ।
गत साउन १८ गते राती करिव ८ बजेपछिको समयमा गाउँपालिकाको कार्यालयमा आगलागि भएको र आगलागिका कारण १३ लाख, ६० हजार छ सय क्षति भएको डाटा तयार पारियो । आगलागिबाट कार्यालयमा जडित सिसि क्यामेरा ध्वस्त भएको थियो ।
राई गत माघदेखि सो पालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटिएका छन् । उनी विवाहित रहेको बताइएको छ । यस अघि चुलाचुली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा राईले इन्टेग्रीटी आइकन अवार्डसमेत हात पारेका थिए ।
प्रमुख प्रशासकीय अधिकृतले ती महिला कर्मचारीलाई अनावश्यक दवावमा पारेर अश्लिल हर्कत गर्दै आएका पालिकाका कतिपय कर्मचारीहरुले बताएका छन् ।
यो प्रकरण पछि प्रमुख प्रशासकीय अधिकृतको त्यहाँबाट सरुवा भइसकेको बताइए पनि पालिकाको वेव साइडमा अझैं पनि प्रमुख प्रशासकीय अधिकृतकै नाम देख्न् पाइन्छ ।