Friday, October 18, 2024

कनकाइ नगरपालिकाका २८ घर परिवारलाइ धनीपुर्जा वितरण ।

Share

कनकाइ नगरपालिका, झापा । 

कनकाई नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अब्यवस्थित बसोवासीलाई धनिपूर्जा बितरण गरेको छ । झापाको कनकाई नगरको सभाहलमा बुधवार (आज) आयोजित कार्यक्रममा नगरका २८ घरपरिवारलाई धनिपूर्जा बितरण गरिएको हो ।

कनकाई नगरपालिका वडा नं. ५ का २२ र वडा नम्बर ८ का ६ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अब्यवस्थित बसोवासीलाई धनिपूर्जा बितरण छ । 

कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षता तथा भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा धनिपूजा बितरण गरिएको हो । 

कार्यक्रमकी प्रमुख अतिथि तथा मन्त्री रञ्जिताले भूमिहीन सुकुम्वासी बलराम मण्डललाई धनिपूर्जा वितरण गरेर कार्यक्रमको उद्घाटन गरेकी थिइन् । स्वागत नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले गरेको कार्यक्रममा नगर प्रमुख पोखरेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

 कार्यक्रमको सञ्चालन नगरका प्रशासकीय अधिकृत विवेक भण्डारीले गरेका थिए । कार्यक्रममा मन्त्री रञ्जिता, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत, राष्ट्रिय भूमिआयोगका केन्द्र तथा जिल्लाका प्रमुख तथा प्रतिनिधि,नगरका वडाध्यक्ष तथा जनप्रतिनिधि, नगरका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय मानिस तथा कर्मचारीहरु उपस्थिति रहेको नगर प्रमुखका स्वकिय सचिव बिजय पाठकले जानकारी दिए । 

सम्वन्धित

अन्य समाचार