Monday, December 2, 2024
Home Blog Page 89

रुघाखोकी निको पार्ने ७ घरेलु उपाय

गर्मीयाम सुरु भएसँगै रुघाखोकीका बिरामी बढ्न थाल्छन् । सामान्यतया रुघाखोकी एलर्जी र भाइरल प्रकारका हुन्छन् ।

रुघाखोकी जसलाई लागिरहन्छ त्यो एलर्जीका कारण नै हुन्छ । धुलोधुवाँ, चिसो, वनस्पति र जनावरको एलर्जीले रुघाखोकी लाग्छ । रुघाखोकी लागेपछि कसरी निको पार्ने भन्ने ध्याउन्नमा हामी लाग्छौं । कोही रुघाखोकी लाग्नासाथ फार्मेसीमा गएर औषधि किनेर खान्छौं भने कोही घरेलु उपचारमा पनि लाग्छौं ।

यदि ज्वरो आएको छैन भने घरेलु उपचार गरेरै रुघाखोकी ठीक पार्न सकिन्छ ।

१. बेसार पानी

बेसारले एलर्जी र भाइरल दुवै समस्यालाई निको पार्छ । बेसारमा पाइने कर्क्युमिन रुघाखोकीको समस्यासँग लड्न प्रभावकारी तत्व मानिन्छ । किनकि यसले रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ । यसबाट राहत पाउन एक गिलास तातो दूध वा तातोपानीमा एक चम्चा बेसार मिसाएर एकछिन छाड्नुपर्छ । त्यसपछि चिया जस्तै पिउनुपर्छ । यसलाई बिहान बेलुका दुईपटक सेवन गर्नुपर्छ ।

२. अदुवा र मह

तातोपानी वा दूधमा अदुवाको रस र मह मिसाएर खाएमा पनि रुघाखोकी निको हुन्छ । अदुवाको प्रयोगले कोलेस्टेरोलको स्तरमा कमी हुनुका साथै स्थिर राख्न मद्दत गरेको हुन्छ । यो बिहान, दिउँसो र बेलुका गरी दिनको तीन पटक पिउन सकिन्छ । यदि तपाईंलाई रुघाखोकीले धेरै सताएको छ भने राति सुत्नुभन्दा अगाडि दूध वा तातोपानीमा अदुवा र मह मिसाएर पिउँदा स्वास्थ्यमा छिट्टै सुधार भएको महसुस हुन्छ ।

गहिरो खोकी, घाँटी दुखाइ र घाँटी खसखस, सुन्निनु, निल्न अप्ठेरो हुनु जस्ता समस्या अदुवाको प्रयोग गर्ने गरिन्छ ।

३. तुलसीको पात

दूधको चिया वा तातोपानीमा पाँचवटा तुलसीको पात हालेर दुई मिनेटसम्म तताएर दिनमा दुई–तीन पटक पिउँदा खोकीबाट छुटकारा पाउन सकिन्छ । यसमा चिनी नमिसाइकन मह मिसाएर वा नुन मिलाएर खाँदा प्रभावकारी हुन्छ । साथै चिया जस्तै खान नसकेमा तुलसीको पात चपाउनाले घाँटीको खसखस र खोकीबाट राहत मिल्छ ।

४. ल्वाङ, मरिच र मह

मरिज पनि चिया जस्तै तातोपानी वा दूधमा उमालेर पिउनाले रुघाखाकी निको हुन्छ । यसमा स्वादको लागि ल्वाङ, दालचिनी, अदुवा बेसार मिलाएर पनि खान सकिन्छ । यसले खोकी र घाँटी खसखस भएको निको हुन्छ । यसमा ल्वाङमा एन्टिफंगल, एन्टिब्याक्टेरियल, एन्टिइन्फ्लेमेट्री र एन्टिसेप्टिक गुण भएको हुन्छ, जसले गर्दा रुघाखोकी निको हुन्छ ।

५. मह र तातोपानी

रुघाखोकीको समस्याले ग्रसित भएको समयमा महको सेवन अचुक औषधि हुन सक्छ । महमा रोग प्रतिरोधात्मक गुण हुन्छ । महलाई तातोपानीमा मिसाएर सेवन गर्दा रुघाखोकी निको हुन्छ । मह रुघाखोकीका लागि बनाइने अधिकांश झोल पदार्थमा प्रयोग गरिन्छ ।

६. ज्वानो

रुघाखोकीको लागि झोल पदार्थ धेरै पिउनुपर्ने भएका कारण रुघाखोकी लाग्दा ज्वानोको झोलले शरीर तातो बनाइराख्ने काम गर्छ । जसले गर्दा शरीर चिसो हुनबाट जोगिन्छ । यसलाई तरकारीको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

७. जाइफल

जाइफलले प्रयोगले शरीरमा गर्मी, पूर्ति ल्याउने काम गर्छ । यसले पाचन प्र्रक्रिया बलियो बनाउने काम गर्छ । जसले गर्दा शरीरमा ऊर्जा बढाउँछ । यसलाई तातो पानीमा मिलाएर पिउने वा तेलमा मिसाएर मालिसको रुपमा उपयोग गर्न सकिन्छ । यसले खोकी कम गरेर आनन्दको निद्रा पुर्‍याउँछ ।

रुघाखोकी लागेमा तातो पानीको बाफ लिने, तातो पानी पिउने, रस भएको तातो खानेकुरा सेवन गर्ने गर्नुपर्छ । रुघाखोकी लागेको बेला अत्यधिक मात्रामा झोल पदार्थको सेवन गर्दा चाँडै निको हुने सम्भावना बढी हुन्छ ।

बाग्लुङको गलकोट नगरपालिकाका सार्वजनिक स्थलमा सीसी क्यामेरा जडान

बाग्लुङ जिल्लाको गलकोट नगरपालिकाका सार्वजनिक स्थलमा सीसी क्यामेरा जडान गरिएको छ । नगर प्रमुख भरत शर्मा गैरेले नागरिकलाई शान्तिको प्रत्याभूति दिलाउन नगर भित्रका सार्वजनिक स्थानमा सीसी क्यामेरा जडान गरिएको बताए । 

प्रहरीको सीमित स्रोत साधनले मात्र शान्ति सुरक्षा कायम गर्न पर्याप्त नहुने भन्दै आपराधिक अनुसन्धानमा सहयोग पुर्याउन ईलाका प्रहरी कार्यालयसँगको समन्वयमा प्रविधिलाई प्रयोगमा ल्याइएको उनले बताए ।
नगरपालिका भित्रका १९ स्थानमा २० वटा सीसी टिभी क्यामेरा जडान गरिएको छ । 

सीसी क्यामेरा सञ्चालनमा आएसँगै नगर भित्र हुने अपराध, अनुसन्धान, चोरी, लुटपाट लगायतका आपराधिक क्रियाकलाप न्यूनीकरणमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । 

शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्न ट्राफिक नियमको उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याउन र राजमार्ग क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रणमा सीसी क्यामेराले सहयोग गर्ने गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले जानकारी दिए । 

कार्यालयमा बसेर मध्यपहाडी लोकमार्ग क्षेत्र, मानिसको बढि मात्रामा जमघट हुने सार्वजनिक स्थानमा निगरानी गर्न सकिने र आपराधिक व्यक्तिको पनि पहिचान छिट्टै हुने भएकाले सीसी क्यामेरा जडान भएपछि सहज भएको इलाका प्रहरी कार्यालय गलकोटका प्रमुख डेकेन्द्र शर्माले जानकारी दिनुभयो ।

सीसी क्यामेरा गलकोट नगरपालिकाको भ्यू टावर, दुदिलाभाटी बजार, नरेठाँटी बजार, नरेठाँटी पुलचोक, ढले पिपल, डाँडाखेत, हटिया सिवाईसि चोक, हटिया बजार, सिमखेत, घट्टेखोला, हटिया प्रगति चोक, भैंसेपुल, आँगाखेत चोक, बाँसखोला, मनसुन चोक, गलकोट नगरपालिका चोक, हरिचौर बजार, गलकोट नगरपालिका वडा नम्बर ५ नमस्ते चोक, र वडा नम्बर ६ मा जडान गरिएको छ । 

नवप्रवर्तनलाई प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नवप्रवर्तनको क्षेत्रलाई उच्च प्राथमिकता दिएर सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको टोलीलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्रीले विज्ञान र प्रविधिलाई महत्व दिएर मात्र विकास र समृद्धिलाई गुणात्मकता दिन सम्भव रहेकाले नवप्रवर्तनको क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिने बताएका हुन् ।

भेटमा केन्द्रका अध्यक्ष महाविर पुनले ‘यात्री’ लगायत नेपालमै उत्पादित सवारीसाधनलाई सञ्चालन अनुमति प्रदान गर्न र नवप्रवर्तनको क्षेत्रमा लगानी वृद्धि गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

पुनले नेपालमा उत्पादित सवारीसाधन दर्ता गर्ने र प्रवर्द्धन गर्ने प्रयोजनका निम्ति सरकारले कानुन ल्याउने तयारी गरेकामा धन्यवाद दिँदै कानुन निर्माणको काम छिट्टै सम्पन्न गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेका थिए ।

प्रधानमन्त्री दाहालले पुनले उठाएका विषयहरू राष्ट्रिय हित र समृद्धिको पक्षमा रहेको भन्दै नवप्रवर्तनलाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री दाहालले विज्ञान–प्रविधिको विकास बिना देशको विकास सम्भव नहुनेमा आफू स्पष्ट रहेको भन्दै नेपालमा उत्पादित सवारी साधन दर्ता गर्ने र राष्ट्रिय उत्पादनलाई प्रवर्द्धन गर्ने कानुनको मस्यौदा तयार पार्ने प्रक्रिया अघि बढिसकेको बताएका छन् ।

सभामुखले सदनलाई गराए ढाका कुमार श्रेष्ठ सांसद नरहेको जानकारी

१२ वैशाख, काठमाडौं । सभामुख देवराज घिमिरेले ढाका कुमार श्रेष्ठ सांसद नरहेको प्रतिनिधिसभा सदस्यहरुलाई जानकारी गराएका छन् ।

मंगलबार बसेको बैठकमा सभामुख घिमिरेले यस्तो जानकारी गराएका हुन् ।

एक व्यापारीसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेको थियो ।

रास्वपाले कारबाही गरेको पत्र दिएपछि त्यस अनुसार सभामुख घिमिरेले श्रेष्ठको पद रिक्त भएको जानकारी संसदलाई गराएका हुन् ।

मतदातासँगको प्रतिबद्धता पूरा गर्न मेरो इमानदार प्रयास रहनेछ : डा. वाग्ले

तनहुँ — तनहुँ–१ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले मतदातामाझ गरेको प्रतिबद्धता पूरा गर्न आफ्नो इमानदार प्रयास रहने बताएका छन् ।

मंगलबार दमौलीमा आयोजित नवनिर्वाचित संसदलाई प्रमाणपत्र वितरण कार्यक्रममा डा. वाग्लेले उपनिर्वाचनका क्रममा गरिएको घरदैलो कार्यक्रममा मतदातामाझ गरेका प्रतिबद्धता पूरा गर्न इमान्दार रहने बताएका हुन् ।

‘लोकतन्त्रमा एउटा व्यक्ति आएर जादुको छडी चलाएर चमात्कार गर्ने भन्ने हुँदैन, सबैको सामूहिक प्रयात्न हुन्छ, प्रणाली र सुदृढिकरणबाटै हुन्छ’, उनले भने, ‘हाम्रो टिमबाट गर्ने कामहरुमा मेरो इमानदार प्रयात्न रहनेछ । सबैको विश्वास लिएर सहकाय गरी तनहुँको विकास गर्नेछु ।’

आफ्नो जित पुरानो दलहरु, नेतृत्वप्रतिको वितृष्णा र नयाँ युवाहरुले नेतृत्व गरेको राजनीतिप्रतिको आशा पनि रहेको भन्दै उनले तनहुँवासीले गर्व गर्नसक्ने काम गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै तनहुँवासीको आशा, भरोसा र विश्वासलाई डगमगाउन नदिने उनको भनाइ थियो ।

नेप्सेसँगै बढ्यो कारोबार रकम

मंगलबार नेप्से परिसूचक १७.३६ अंक बढेर १९०५.६८ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.२७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३० अंक र सेन्सेटिभ इण्डेक्स १.५६ अंक बढेको छ।

अघिल्लो कारोबार दिन ७५ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २६४ स्टकको २७ हजार ७६६ पटकको कारोबारमा ८८ करोड ५५ लाख ७८ हजार रुपैयाँ बराबरको २७ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य सर्वाधिक ८ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन खप्तड लघुवित्तको शेयरमूल्य ७.८५ प्रतिशत बढेको छ। कारोबारमा आएको सनराइज ब्लुचिप फण्डको इकाईमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ। अन्य स्टकहरुको मूल्य गिरावट दर भने ५ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन कालिञ्चोक दर्शनको ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूह बाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.९२ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

मतदातासँगको प्रतिबद्धता पूरा गर्न मेरो इमानदार प्रयास रहनेछ : डा. वाग्ले

तनहुँ — तनहुँ–१ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले मतदातामाझ गरेको प्रतिबद्धता पूरा गर्न आफ्नो इमानदार प्रयास रहने बताएका छन् ।

मंगलबार दमौलीमा आयोजित नवनिर्वाचित संसदलाई प्रमाणपत्र वितरण कार्यक्रममा डा. वाग्लेले उपनिर्वाचनका क्रममा गरिएको घरदैलो कार्यक्रममा मतदातामाझ गरेका प्रतिबद्धता पूरा गर्न इमान्दार रहने बताएका हुन् ।

‘लोकतन्त्रमा एउटा व्यक्ति आएर जादुको छडी चलाएर चमात्कार गर्ने भन्ने हुँदैन, सबैको सामूहिक प्रयात्न हुन्छ, प्रणाली र सुदृढिकरणबाटै हुन्छ’, उनले भने, ‘हाम्रो टिमबाट गर्ने कामहरुमा मेरो इमानदार प्रयात्न रहनेछ । सबैको विश्वास लिएर सहकाय गरी तनहुँको विकास गर्नेछु ।’

आफ्नो जित पुरानो दलहरु, नेतृत्वप्रतिको वितृष्णा र नयाँ युवाहरुले नेतृत्व गरेको राजनीतिप्रतिको आशा पनि रहेको भन्दै उनले तनहुँवासीले गर्व गर्नसक्ने काम गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै तनहुँवासीको आशा, भरोसा र विश्वासलाई डगमगाउन नदिने उनको भनाइ थियो ।

चरा ठोक्किएको भ्रम फैलाउने फ्लाई दुबईका दुई म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक

फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको भनेर भ्रम फैलाएको आरोपमा दुई जना कारबाहीमा परेका छन्। 

सोमबार राति ९:२० बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाजको एउटा इन्जिनमा समस्या आएपछि आगोको झिल्को र ठूलो आवाज आएको थियो। 

एउटा इन्जिनमा समस्या आएपनि उक्त जहाज दुबई पुग्न सकिने भएपछि गन्तव्यका लागि उडेको थियो। तर दुबईको आधिकारिक पेजबाट उक्त जहाजमा चरा ठोक्किएको उल्लेख थियो। 

फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाएर उनीहरूको एयरपोर्ट पास समेत निष्क्रिय पारिएको प्राधिकरणले जनाएको छ। 

यता नेपाल नागरिक उड्डयन प्राधिकरणले चरा ठोक्किएको प्रमाण नभेटिएको र भ्रम फैलाएको ठहर गर्दै दुई म्यानेजरलाई कारबाही गरेको हो। 

‘हिजो रातिको फ्लाई दुबई फ्लाइट नम्बर एफडिजेड ५७६ काठमाडौं-दुबई उडानमा चरा ठोक्किएको भनेर भ्रमपूर्ण समाचार फैलाएकाले फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाई उनीहरूको एयरपोर्ट पास समेत निष्क्रिय पारिएको छ,’ प्राधिकरणले भनेको छ।

कोशीको सरकार फेर्न काठमाडौंमा कसरत!

उप-निर्वाचनको धपेडी लगभग अन्त्यतिर आइपुग्दा प्रदेशहरूमा नयाँ सरकार गठनको अर्को धपेडी सुरू भएको छ।

मुख्यमन्त्रीहरू पदमुक्त भइसकेका कारण लुम्बिनी र गण्डकीमा नयाँ सरकार गठनको काम चाँडै हुने सम्भावना छ। नेकपा एमाले नेतृत्वमा बाँकी रहेको एक मात्र प्रदेश सरकार कोशीमा पनि नयाँ सरकार बनाउने कसरत सुरू भएको छ।  

केन्द्र सरकारमा वर्तमान सत्ता गठबन्धनका तीन मुख्य दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीका शीर्ष नेताहरू भेटेर यस्तो कसरत गरिरहेका छन्।