Friday, October 18, 2024

गएराति झापाको बाह्रदशीबाट एक मोटरसाइकल र पाँच वटा मोबाइल चोरी

Share

झापाको बाह्रदशी गाउँपालिका २ स्थित रिमाल चोकको एउटै टोलबाट एउटा मोटरसाइकल र पाँच वटा मोबाइल चोरी भएको छ । गएराति ध्रुव निरौलाको घरबाट मे ९ प ८१४ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल र एउटा मोबाइल चोरी भएको हो । निरौलाको घरमा पाहुना आएका पूजन मिश्रको मोटरसाइकल र मोबाइल चोरी भएको हो ।त्यस्तै निरौलाका छिमेकी गणेश पाण्डे र सविता बानियाको घरबाट दुई–दुई वटा मोबाइल चोरी भएको बाह्रदशी- ३ का जनप्रतिनिधि लक्ष्मी निरौला अधिकारीले बताइन् । उनका अनुसार घटनाबारे इलाका प्रहरी कार्यालय राजगढमा जानकारी गराइएको छ ।

सम्वन्धित

अन्य समाचार