Thursday, November 21, 2024

छैटौँ झापा गोल्डकपको तयारी तिब्र,मुख्य प्रायोजकमा यती ब्रुअरीको साथ

Share

२४ माघ २०८० चन्द्र बस्नेत
कनकाई। छैटौँ संस्करणको झापा गोल्डकप तयारीलाई तिब्रता पारिएको छ। यसपटकको छैटौँ संस्करणको झापा गोल्डकप २०८० लाई यती ब्रुअरीले मुख्य प्रायोजन गर्ने भएको छ ।
गोल्डकप र यती ब्रुअरीबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौतामा हस्ताक्षरसमेत भएको छ ।

यती ब्रुअरीको कुनै एक उत्पादनले प्रतियोगितामा टाइटलका रुपमा स्थान पाउनेछ । काठमाडौँमा भएको सम्झौतापत्रमा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत र यती ब्रुअरीका तर्फबाट रिजनल मेनेजर शंकर लुइँटेलले हस्ताक्षर गर्नुभएको छ।

कार्यक्रममा यती ब्रुअरीका ब्रान्ड एम्बेसडर प्रतिपल अधिकारी एसिसटेन्ट ब्रान्ड मेनेजर गोरखा श्रेष्ठ, झापा गोल्डकपका महासचिव गजेन्द्रबहादुर पौडेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगिता आगामी फागुन १९ गतेदेखि २८ गतेसम्म बिर्तामोड-३ मा रहेको डोमालाल राजवंशी रंगशालामा हुनेछ ।

रंगशालामा करिब १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्यारापिट निर्माणको तयारी सुरु गरिएको छ । अहिले मैदानको स्तरोन्नति काम पनि धमाधम भइरहेको छ ।
छैटौँ संस्करणको झापा गोल्डकपको विजेताले नगद १३ लाख र उपविजेताले नगद सात लाख रुपैयाँ प्राप्त गर्ने गोल्डकपका सचिवालय सदस्यीय तथा सूचना तथा संचार संयोजक पत्रकार हिमाल खरेलले जानकारी दिनुभयो । गोल्डकप सम्पन्न गर्न करिब एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो ।
प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ फुटबल क्लब, विभागीयसहित नेपालका ए डिभिजन क्लब र विदेशी क्लबको सहभागिता रहनेछ ।
टिमहरु निश्चित भएपछि केही दिनमै खेलतालिका सार्वजनिक गरिने गोल्डकपका सचिवालय सदस्यीय तथा
सूचना तथा संचार संयोजक पत्रकार खरेलले जानकारी दिनुभयो ।

सम्वन्धित

अन्य समाचार