Friday, October 18, 2024

यस बर्ष कनकाईमा षौस २९ देखि माघ २ सम्म भव्य मेला लाग्ने

Share

कनकाई/ •सिएम शर्मा

परम्परागत रुपमा लाग्दै आइरहेको माइवेनी मेला पौष २९ बाट सुरु हुने भएको छ ।

प्रत्येक वर्ष माघे सङ्क्रान्तिको अवसरमा शिवसताक्षी नगरपालिका र कनकाई नगरपालिकाको बीच भएर बग्ने माईखोलाको दुबै पट्टी लाग्दै आएको माई मेला यसपटक पनि भब्य रूपमा लाग्ने भएको हो ।

कनकाई माईको दुवै किनारामा लाग्दै आएको माइवेनी मेला यसबर्ष पनि सधाझै पवित्र कनकाई माईको पुर्वी तटमा भने पौष २९ गतेबाट सुरुभई माघ २ गते सम्म भब्य रुपमा लाग्ने माईको पुर्वी तटका मेलाका आयोजक समिति अध्यक्ष पुर्ण लिम्बुले बताउँनुभयो ।

मकर नुहाउन अाउने र मेला भर्न आउने भक्तजनको सुविधालाई ध्यानमा राखेर नदिकिनारमा ठाउँठाउमा अागोताप्ने व्यवस्था साथै शान्ति सुरक्षा लगायातका सबै व्यावस्थापन मिलाइसकिएको मेला अायोजक समितिका संयोजक बाबु लिम्बुले बताउँनुभयो ।

यो वर्षपनि माई मेलामा रोटेपिङ, विभिन्न खेल तमासा, ब्रेकडान्स, बटर फ्लाई, कोलम्बस, विभिन्न जातजातीका झाँकी, कला साहित्यका विविधि कार्यक्रम आयोजना हुने कनकाई माई मेला मुल आयोजक समितिका श्याम राईले बताउँनुभयो । तेस्तै मेलामा ब्यवसाय गर्नेहरूकोलागि अायोजकले कोटिहवन परिसरमै सचिवालय स्थापना गरि स्थान वितरण गरिरहेको हुदा व्यवसाय गर्न ईच्छुक व्यवसायी हरुले सचिवालयमा सम्पर्क गर्न समेत राईले अनुरोध गर्नु भएको छ ।

वर्षेनी लाखभन्दा बढी भक्तजन तथा दर्शकहरु आउने गरेको माई मेलामा आएर मकर नुहाए छाला सम्बन्धि रोग निको हुने र पूजा आरधना गरेमा मनोकांक्षा पुरा हुने धार्मिक विश्वास रहेको छ । कनकाई नदीलाई भगवती माईदेवीका रुपमा मान्ने गरिएको छ । भगवती माईदेवीमा स्नान गरेपछि मनोकांक्षा पुरा हुने स्थानिय बताउँछन् ।

नेपाल लगायत छिमेकी मुलुक भारतबाट समेत मकर स्नानका लागि आउनेहरुको संख्या उल्लेख्य हुने गरेको छ । झापा, मोरङ, सुनसरी, धनकुटा, इलाम, पाँचथर, ताप्लेजुङ्ग लगायत भारतको सिलिगुडी, सिक्किम, दार्जिलिङ्ग, असाम, मणिपुर लगायत भुटानबाट समेत मेलामा भक्तजन आउने गरेका छन् ।
माईमेलामा विविध जातजातिका संस्कृति अनुसारका सांस्कृतिक कार्यक्रमहरु समेत आयोजना हुने गरेका छन् ।

सम्वन्धित

अन्य समाचार