Friday, October 18, 2024

सुरुङ्गा इलाका प्रहरी प्रमुखमा प्रविनकुमार भट्टराई

Share

कनकाई/ •लीलाराज झापाली

इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी प्रमुखमा बरिष्ठ प्रहरी नायव निरिक्षक प्रविनकुमार भट्टराई आउनु भएको छ ।

यसअघिका प्रहरी प्रमुख अशोक कोइरालाको अन्यत्र सरुवा भएपछि भट्टराई इलाका प्रहरी कार्यालय सुरुङ्गामा प्रहरी इन्चार्जका रुपमा आउनुभएको हो ।विशेष कार्यक्रमका विच प्रहरी प्रमुख भट्टराईले परिचयत्मक कार्यक्रमका विच आफ्नो सेवा समेत सुरु गर्नुभएको छ ।

परिचयात्मक कार्यक्रममा बोल्दै प्रहरी प्रमुुख भट्टराईले आफ्नो कार्यकालमा सबैको साथ र सहयोगबाटै शान्ति सुरक्षामा खटिने भन्दै नागरिक प्रहरी साझेदारीमा लागुऔषध, चोरी डकैटी लगायातका गतिविधिहरु नियन्त्रणमा लागि पर्ने बताउँनुभयो ।

कार्यक्रममा कनकाई नगरपालिकाका प्रवक्ता समेत रहनुभएका वडानम्बर ५ का वडाध्यक्ष कृष्ण राई, २ का वडाध्यक्ष प्रताव राई, ७ का वडाध्यक्ष भीष्म सिटौला, ३ का वडसदस्य गोविन्द सुवेदी, प्रजापति सामुदायिक वनका अध्यक्ष मात्रिका पोखरेल, समाजसेवी श्याम ओली, लायन्स क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष सन्जय गजुरेल, जेसिजका अध्यक्ष प्रविन तिम्सिना, पत्रकार महासंघ कोशी प्रदेशका सदस्य लीलाराज झापाली, कनकाई प्रेस क्लबका अध्यक्ष राम प्रसाद निरौला लगायातले शान्ति सुरक्षा कायम राख्नका लागि नागरिक प्रहरी साझेदारीका वारेमा जानकारी गराउँनुभएको थियो ।

सम्वन्धित

अन्य समाचार