कनकाई नगरपालिका अन्तरगत रहेको कनकाई नगर खेलकुद विकास समितिद्वारा आर्थिक वर्ष २०८०/०८१ मा खेलकुद कार्यक्रमका लागि विनियोजित बजेटबाट वडास्तरीय भलिबल प्रतियोगिता संचालन हुन गईरहेको छ । विगत बर्षहरु झैं यस वर्ष पनि समितिबाट विभिन्न विधाका खेल संचालन हुने जानकारी खेलकुद विकास समितिका अध्यक्ष जविन तिम्सिनाले जानकारी दिए ।
उक्त खेलकुद प्रतियोगतामा प्रथम हुने टिमलाई नगद रु. २१०००।- र ट्रफि मेडल साथै दोश्रो हुने टिमलाई नगद रु. ११०००।- सहित ट्रफि मेडल प्रदान गर्ने भलिबल खेलका संयोजक दुर्गा प्रसाद पाठक (राजु) ले जानकारी दिए ।
कनकाई नगरपालिकाद्वारा अघिल्लो बर्ष विभिन्न खेलहरु मार्फत कनकाई नगरलाई जिल्ला भरमा उत्कृष्ट नगर खेलकुद वन्न सफल भएको थियो । सो क्रममा जिल्ला खेलकुद विकास समितिद्वारा नगरलाई एक विशेष कार्यक्रमको आयोजना गरी सम्मान पत्र सहित सम्मान गरिएको थियो । विभिन्न संघ संस्थाबाट आयोजना गरिएका सवै खेललाई खेलकुद विकास समितिले आर्थिक सहयोग सहित खेल संचालन गर्नका लागि प्राविधिक तथा अन्य सहयोग गरी आयोजक तथा सहआयोजक बसि खेल संचालनलाई उत्कृष्ट बनाउन सहयोग गरेको थियो । त्यस्तै गरी राष्ट्रपति रनिङ्ग शिल्ड जिल्ला तर्फको प्रतियोगिता कनकाई नगरपालिकामा आयोजना गरी भव्य रुपले सम्पन्न गर्नका लागि सहयोग पुर्याएको थियो ।