Thursday, November 21, 2024

तिनकुने हत्याकाण्ड : बोल्न नसक्ने युवकले स्वीकारे अपराध

Share

काठमाडौं । काठमाडौंको गैरीगाउँस्थित दिव्य सःमिलमा भएको एकै परिवार तीनसहित चार जनाको सामुहिक हत्यामा एक युवकको संलग्नता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सीसीटीभी फुटेजका आधारमा पक्राउ परेका अन्दाजी २१–२२ वर्षका ती युवकले घटना स्वीकार गरेको उच्च प्रहरी अधिकारीले जानकारी दिए । उनलाई प्रहरी परिसरको विशेष टोलीले पक्राउ गरेको हो । पक्राउ परेका युवक बोल्न सक्दैनन् ।

‘आई किल्ड फोर पिपुल’, बोल्न नसक्ने उनले लिखित रुपमा चारजनाको हत्यामा आफ्नो संलग्नता प्रहरीसमक्ष स्वीकार हुन्।प्रहरीका अनुसार आरोपी बोल्न नसक्ने व्यक्ति रहेको र उनी एक्लैले खुकुरी प्रहार गरी चार जनाको हत्या गरेको अनुसन्धानमा खुलेको छ ।गत शुक्रबार राति भएको घटनामा दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल र आमा शुभद्रा भुजेलको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो ।

साथै, २० बर्षीय नविन राइको पनि हत्या भएको थियो ।सो मिलमा कुमार श्रीमतीसँग बस्दै आएका थिए भने आमा शुभद्रा केही दिनअघि मात्रै श्राद्ध गर्नका लागि काठमाडौं आएकी थिइन् । तर, शुक्रबार राती उनको पनि हत्या भएको थियो ।

सो घटनामा संलग्नताको आरोपमा दिपेन्द्र राईलाई नियन्त्रणमा लिईएको छ, उनी सो हत्या भए पछि प्रहरीलाई खबर गर्न तीनकुने प्रहरी चौकी पुगेका थिए । तर घटनामा दिपेन्द्रको कुनै संलग्नता नदेखिएको प्रहरीले जनाएको छ ।

मारिएकामध्ये मोरङका नवीनसँग आरोपीको रिसीइबी रहेको र सोहीकारण हत्या गरेको बताएका छन्। अन्य तीन जनाले हत्याबारे जानकारी पाएकाले उनीहरुको पनि हत्या गरेको बयान उनले प्रहरी समक्ष दिएका छन्।

सम्वन्धित

अन्य समाचार